दक्षिण अफ्रीका वेस्ट इन्डिजलाई हराउदै जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
सोमबार बिहान सम्पन्न सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई डिएलएस मेथड अनुसार ३ विकेटले पराजित गरेको हो ।
बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको भएपनि डिएलएस मेथड अनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेको थियो ।
यो हारसँगै वेस्ट इन्डिज भने विश्वकपबाट बाहिरिएको छ । सुपर आठको समुह २ बाट दक्षिण अफ्रीका पहिलो र ईङल्याण्ड दोस्रो हुदै सेमिफाइनलमा पुगेका छन् ।
#bajarkochirfar #bazarkochirfar












![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया