अमेरिकी राष्ट्रपति चुनाव २०२४ को नतिजासँगै, रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा देखिएको छ। ट्रम्प, जो पुनः राष्ट्रपति बन्ने प्रयासमा छन्, मस्कले यस पटक चुनावी प्रचारमा ठूलो रकम लगानी गरेका छन्। ट्रम्प दोस्रो कार्यकालका लागि जितेमा एलन मस्क र उनको व्यापार साम्राज्यका लागि ठूलो फाइदा हुने अनुमान गरिएको छ।
मस्क यतिबेला ट्रम्पको मुख्य समर्थक र प्रचारक बनेका छन्। उनले ट्रम्पको दोश्रो कार्यकालमा आफ्नो कम्पनीहरू विशेष गरी टेस्ला र स्पेसएक्सको भविष्यलाई सुधार्ने अवसर देखिरहेका छन्। मस्कले ट्रम्पको चुनावी प्रचारमा ११८ मिलियन डलरको चन्दा दिएका छन् र एक्स (पूर्व ट्विटर) मा ट्रम्पका लागि सकारात्मक माहोल बनाउन बारम्बार पोस्ट गर्दै आएका छन्।
उनले ट्रम्पको दोस्रो राष्ट्रपति कार्यकालमा स्पेसएक्सलाई थप सरकारी सम्झौताहरू प्राप्त गर्न, नियामक कानूनी समस्याहरूमा सहिकरण र कर कटौतीका रूपमा मस्कले धेरै फाइदा लिने अवसर खोज्नेछन्। उनका कम्पनीहरूले वर्तमानमा अमेरिकी सरकारसँग पनि ठूला सम्झौताहरू गरिरहेका छन्। यसलाई ठूलो काम बढाउने मस्कको दाउ छ।
मस्कको व्यापारिक साम्राज्यले चीनसँग महत्वपूर्ण व्यापारिक सम्बन्ध राख्छ। चीन टेस्लाका लागि उत्पादन स्थल मात्र नभई महत्वपूर्ण बजार पनि हो। टेस्ला चीनमा गाडी उत्पादन गर्छ र त्यहाँका ग्राहकहरूका लागि आफ्नो गाडी बेच्दछ। यसका साथै, मस्क स्पेसएक्सको केही प्रोजेक्टमा चीनसँग सँगै काम गर्ने अवसर खोजिरहेका छन्।
चीनसँगको व्यापार मस्कका लागि फाइदाजनक भएता पनि यसले अमेरिकी सुरक्षा र विदेशी नीतिमा सवाल उठाउँछ। अमेरिकी सरकारको दृष्टिकोणमा, चीन हालको मुख्य सुरक्षा चुनौती र आर्थिक प्रतिद्वन्द्वीको रूपमा चिनिन्छ। मस्क ट्रम्पसँग अमेरिका चीन सम्बन्ध सुधारको बाटो खोज्नेछन्। ट्रम्प प्रशासनले चीनसँगको सम्बन्धमा नयाँ रणनीतिहरू अपनाउन सक्छ, जसले मस्कका लागि फाइदा ल्याउनेछ।
यसै गरी, मस्कले ट्रम्पसँग मिलेर सरकारी खर्चमा कटौती गर्ने सल्लाहकारको भूमिका पनि खेल्न सक्ने सम्भावना देखिन्छ। मस्कले पहिले नै ट्रम्पको नेतृत्वमा सरकारी नियमकलाई घटाएर अमेरिकामा व्यवसायको अनुकूल वातावरण सिर्जना गर्न चाहेको कुरा सार्वजनिक गरेका छन्।
मस्क र ट्रम्पको गहिरो मित्रता र व्यवसायिक सम्बन्ध रहेको छ। मस्कले ट्रम्पसँग मिलेर आफ्ना कम्पनीमा सरकारी नियमकलाई घटाएर व्यवसायको सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरेका छन्।
यसका अलावा, मस्कको कम्पनीलाई कर कटौतीको फाइदा पनि मिल्न सक्छ। ट्रम्पले २०१७ मा लागू गरेको कर कटौतीले मस्क जस्ता धनी व्यक्तिहरूको कर दर घटाएको थियो। उनले यसलाई पुनः विस्तार गर्ने योजना बनाएका छन्।
(एजेन्सीहरुको सहयोगमा)









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया