नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ ।
समुह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार ५: १५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल लागेको हो । यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुदै छ ।
जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेलमा लगातार जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यस अघि श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गरेको थियो । त्यस्तै नेपालले भने पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने श्रीलंकाविरुद्धको दोस्रो खेल बर्षाले रद्ध हुदा अंक बाँडेको थियो । नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस खेलमा हार बेहोरेमा नेपाल सुपर आठमा पुग्न असफल हुने छ ।
दक्षिण अफ्रिका र नेपाल सिनियर तहमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका छन् ।
#bajarkochirfar #bazarkochirfar







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया