ज्योतिषले १२ बजेअघि गर्दै नगर्नु भनेपछि राति १२:१५ मा देउवा र ओलीले गरे सहमतिपत्रमा हस्ताक्षर

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १८ गते
ज्योतिषले १२ बजेअघि गर्दै नगर्नु भनेपछि राति १२:१५ मा देउवा र ओलीले गरे सहमतिपत्रमा हस्ताक्षर

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गयराती १२:१५ मा भएको सम्झौताको समय ज्योतिषीसंग परामर्श गरेर तय गरिएको खुलासा भएको छ।

नेताहरुले १० बजेतिरै सहमतिको दस्तावेज तयार गरिसकेको भएता पनि १२:१५ अघिको समय उपयुक्त नभएको सल्लाह ज्योतिषीले दिएपछि १२:१५ पछि मात्रै सहमतिपत्रमा देउवा र ओलीले हस्ताक्षर गरेका थिए। सोमबार बेलुका ८:४५ देखि १२:१४ सम्मको योग कष्टप्रद रहेको भन्दै सो समयभित्र सहमतिपत्रमा हस्ताक्षर गर्नु उपयुक्त नहुने सल्लाह ज्योतिषीले दिएपछि राति १२:१५ मा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। १२:१५ भन्दा उता लाभ योग परेकाले सो समयमा गरिएका कामहरु सफल हुने सल्लाह कांग्रेस सभापति देउवालाई ज्योतिषीले दिएपछि १२:१५ को समय तय गरिएको थियो।

कांग्रेस सभापति देउवा ज्योतिषमा निकै विश्वाश गर्छन। एक ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुने योग छ भनेदेखि देउवाको महत्वाकांक्षा झनै बढेको बताईन्छ। कांग्रेस र एमालेबीच अहिले भएको सहमतिमा पनि चुनावी सरकारको प्रधानमन्त्री देउवा हुने उल्लेख छ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स