सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे, उर्फ राजीव गुरुङलाई काठमाडौंबाट पक्राउ गरिएको छ।
गृहमन्त्रीको सचिवालयले उनको गिरफ्तारी पुष्टि गरेको छ। अदालतको फैसला कार्यान्वयनका लागि उनलाई आजै कारागार पठाइने जानकारी प्राप्त भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा राखिएका मनाङेलाई चक्रे मिलनको हात काट्ने घटनामा संलग्न रहेको आरोपमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको हो।
















प्रतिकृया