खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकेजी खसीबोकाको मूल्य ६७० रुपियाँ तोकी १० रुपियाँ छुट दिएर ६६० रुपियाँमा बिक्री गरेको छ भने, च्याङ्ग्राको मूल्य प्रतिकेजी १,२३० रुपियाँ निर्धारण गरी १० रुपियाँ छुटसहित १,२२० रुपियाँमा बिक्री सुरु गरेको छ।
कम्पनीले हालसम्म २०८ वटा खसीबोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको छ र थप खसीबोका ल्याउने क्रम जारी छ।
चाडपर्वको अवसरमा उपभोक्तालाई सुपथ मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने उद्देश्यले कम्पनीले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बिक्री अभियान सञ्चालन गरेको हो। यो दसैँमा १५ सय खसीबोका र ३०० च्याङ्ग्रा गरी १८ सयको बिक्री गर्ने लक्ष्य राखिएको छ।
यसैबीच, निजी व्यवसायीहरूले भने घटस्थापनाको दिनदेखि नै खसीबोका बिक्री सुरु गरेका छन्। दसैँमा खसीबोकाको उच्च माग हुने हुँदा व्यवसायीहरूले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्दै आएका छन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया