कोही पनि सरुवा-बढुवाको कुरा लिएर मलाई भेट्न नआउनुस् : अर्थमन्त्री पौडेल

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २८ गते
कोही पनि सरुवा-बढुवाको कुरा लिएर मलाई भेट्न नआउनुस् : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा सुधार गर्न कडा निर्देशन दिएका छन्। शुक्रवार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उनले निर्देशन दिएका हुन ।

अर्थमन्त्री पाैडेलले कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गरे । उनले आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनिय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताए।

उनले भने, ‘कोही पनि साथीहरु सरुवा, बढुवा अरु कुनै प्रयोजनका निम्ति मन्त्री कहाँ नआउनु होला । मन्त्रीको एउटा मात्रै रुची र एउटा मात्रै चासो छ की, हाम्रो कर प्रशासनमा उल्लेखनिय सुधार होस् । र लक्ष्य पूरा होस् । त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोगका दिन हामी तयार छौँ । सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ । त्यस हिसावले अघि बढ्न आग्रह गर्दछु । हामीले भर्खरै आन्तरिक राजश्व रणनीति परिचालन गरेका छौँ । यो रणनीति कार्यान्वयनको प्राथमिकतामा रहनेछ । रणनीति कार्यान्वयनमा जोड दिनुहोला ।’

उपप्रधानमन्त्री पौडेलले आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताए । उनले लक्षित राजश्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न पनि निर्देशन दिए ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स