कृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ९ गते
कृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

कृषि विकास बैंक लि. सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई रु. पाँच लाख बराबरको आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ। यस सहयोग रकमबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत झण्डै एक सय विपन्न बालबालिकाहरुलाई स्कुल ब्याग तथा अन्य शैक्षिक सामग्रीहरु खरिद गरिनेछ।

सो अवसरमा, कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरे। कार्यक्रममा बैंकका उपमहाप्रबन्धकद्वय यज्ञ प्रकाश न्यौपाने र प्रेम कुमार श्रेष्ठ, वित्त तथा योजना विभाग प्रमुख नारायण प्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक प्रदिप राज जोशी, र शाखा प्रमुख दीर्घ बहादुर शाह लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।

प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बैंकले व्यावसायिक गतिविधिसंगै शिक्षा, स्वास्थ्य, वातावरण तथा संस्कृतिक संरक्षणमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको “घर आँगनको बैंक” बन्ने प्रतिबद्धता व्यक्त गरे। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सामाजिक सहयोगको निम्ति कृषि विकास बैंकलाई धन्यवाद व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स