किताब जात्राको नयाँ दिल्ली चौथो संस्करण सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १६ गते
किताब जात्राको नयाँ दिल्ली चौथो संस्करण सम्पन्न

किताब जात्राको नयाँ दिल्ली चौथो संस्करण आइतवार सम्पन्न भएको छ। दिल्लीको हौजखास स्थित पीएचडी हाउसमा सम्पन्न किताब जात्रामा यसवर्ष पनि कयौं रोचक सत्रहरुमा साहित्य, साहित्य प्रकाशन, नेपाल भारत सम्बन्ध लगायतका विषयमा व्यापक छलफल गरिएको छ।

पठन संस्कृतिलाई प्रवर्द्धन गर्न सुरु गरिएको किताब जात्रा महोत्सवको चौथो संस्करणमा भारतका लागि नेपाली कार्यवाहक राजदूत डा सुरेन्द्र थापा प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा अन्नपूर्ण पब्लिकेशनका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, भारतीय सेनाका पूर्व जनरल अशोक मेहता, नेपालका लागि पूर्व भारतीय राजदूत मंन्जिव सिंह पुरी समेत उपस्थित थिए ।

समारोहमा वरिष्ठ पत्रकार टीकाराम यात्री, जीवराम भण्डारी, कमलदेव भट्टराई, आकांक्षा शाह, विष्णु बहादुर गुरुङ, कवि विप्लब प्रतीक त्यसैगरी PHDCCI, भारत-नेपाल केन्द्रका नोडल कोर्डिनेटर अतुल ठाकुर, लगायतको विशेष उपस्थिति रहेको थियो।

समारोहमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक इन टू द फायरको अन्तराष्ट्रिय रुपमा लोकार्पण गरिएको थियो । समारोहका क्रममा एक सत्र यस पुस्तक बारेको चर्चा समेत रहेको थियो।

किताब यात्रा फाउन्डेशनका अध्यक्ष एवं किताब जात्राका फेस्टिवल निर्देशक ऋषिराम अधिकारीले किताब जात्रा पठन संस्कृति बसाल्नका लागि निरन्तर प्रयास गर्दै आएको र यस संस्करणमा भारत-नेपाल सम्बन्ध, साहित्य, प्रकाशनको विषयमा छलफल गर्दै संस्कृतिको जगेर्ना गर्ने प्रयास भएको बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स