insta insta

काठमाडौँ महानगरले गर्यो कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ महानगरले गर्यो कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक
Advertisement Ads

काठमाडौँ महानगरपालिकाले यस वर्ष कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सञ्चालन गरेको छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशित गरेको छ।

महानगरले चालु शैक्षिक सत्रका लागि २०८१ साल साउन ४ गते शुक्रबार सञ्चालन गरेको छात्रवृत्ति वितरण परीक्षाको नतिजा आज (मंगलबार) बिहान प्रकाशन गरेको हो।

आज काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक संजाल मार्फत नतिजा प्रकाशन गरिएको जानकारी दिँदै कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षा लिएर छात्रवृत्ति प्रदान गर्ने कार्यलाई दोस्रो वर्ष पनि निरन्तरता दिएको बताएका छन्।

उनले परीक्षामा उच्चतम अङ्क ल्याउने विद्यार्थीलाई सबैभन्दा पहिलो योग्यताक्रमानुसार र बराबर अङ्क भएमा एसईईको जीपीए, विषयगत रुपमा गणित, विज्ञान, अंग्रेजी र सामान्यज्ञानमा प्राप्त गरेको अङ्कको आधारमा नतिजा प्रकाशन गरिएको जनाएका छन्।

Screenshot 2024 07 23 104347 https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8b | %tags
balen https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8b | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स