विश्वभरका प्रमुख स्टक एक्सचेन्जहरूका बाहिर राखिएका बुल मूर्तिहरू सकारात्मकता, बलियोपन, र बजारको बृद्धिको प्रतीकको रूपमा लिने गरिन्छ। वाल स्ट्रिटबाट सुरु भएको यो प्रचलन अहिले विश्वभरका सेयर बजार परिसरमा विस्तार भएको छ। सोबाट प्रभावित बनेर नेप्सेले पनि आफ्नो प्राङ्गणमा साँढेको मूर्ति निर्माण गरेको छ। नेप्सेलाई निर्माण गरेको साँढेको मूर्ति बाच्छोजस्तो देखिएको भन्दै सामाजिक सञ्जालमा व्यापक टिप्पणी र व्यंग्य भइरहेको छ।
हामीले यस लेखमा प्रमुख देशका स्टक एक्सचेन्जहरूमा रहेका साँढेको मूर्तिहरूको इतिहास बारे चर्चा गरेका छौ:
संयुक्त राज्य अमेरिका : न्यूयोर्क स्टक एक्सचेन्ज, चार्जिङ बुल (१९८९)
न्यूयोर्कको वाल स्ट्रीटमा रहेको चार्जिङ बुल न्यूयोर्क स्टक एक्सचेन्जको बाहिर राखिएको छ। सन् १९८९ मा कलाकार आर्टुरो डी मोडिकाले आफ्नै खर्चमा याे साँढेको मूर्ति बनाएका थिए। जसलाई उनले अमेरिकी सेयरबजारमा सन् १९८७ मा आएको गिरावटपछि बजारप्रति गुमेको लगानीकर्ताको विश्वासलाई पुनः उर्जा दिने आशाका साथ स्थापना गरेका थिए।

भारत : बम्बे स्टक एक्सचेन्ज (२००८)
भारतको मुम्बईमा रहेको बम्बे स्टक एक्सचेन्ज (बीएसई) को बाहिरको बुल मूर्ति सन् २००८ मा स्थापना गरिएको हो। यो मूर्तिले भारतीय सेयरबजारको बृद्धि र लगानीकर्तामा बढ्दो आत्मविश्वासको प्रतीकका रूपमा काम गरेको छ।

चीन : शाङ्घाई स्टक एक्सचेन्ज, शाङ्घाई बुल (२०१०)चीनको शाङ्घाई स्टक एक्सचेन्जको बाहिर रहेको बुल मूर्तिलाई सन् २०१० मा स्थापना गरिएको थियो, जुन अमेरिकी कलाकार आर्टुरो डी मोडिकाले नै डिजाइन गरेका थिए। अन्य देशका साँढेको मूर्तिहरूभन्दा फरक रूपमा यो चीनले साँढेलाई रातो रंगमा निर्माण गरेको छ। चीनमा रातो रंगलाई शुभ संकेतको रूपमा लिइन्छ।


जर्मनी : फ्रान्कफर्ट स्टक एक्सचेन्ज, बुल र बियर मूर्ति (१९८५):
जर्मनीको फ्रान्कफर्ट स्टक एक्सचेन्जको बाहिर बुल र बियरको दुवैको मूर्ति राखिएको छ। यो मूर्ति सन् १९८५ मा स्थापित भएको थियो। यस मूर्तिले बजारका बृद्धि र गिरावटका दुवै अवस्थालाई समेट्छ।

प्रतिकृया