गत साता विश्वभरका सेयर परिसूचकमा आएको गिरावटपछि सोमबार एसियाली बजारमा पनि गिरावट आएको छ ।भारतीय बजारमा पनि गिरावट देखिएको छ । निफ्टी हाल करिब ७०० कले घटेको छ भने सेन्सेक्सले लगभग २२०० अंकको गिरावट देखेको छ ।
त्यस्तै, जापानको निक्की २२५ अंकले घटेको छ भने टपिक्स ८ प्रतिशतले गतेको छ । त्यसैगरी ताइवानको मुख्य स्टक सूचकांक ७.७ प्रतिशतले घटेको छ ।दक्षिण कोरियाको कोस्पी सूचकांक ६.६ प्रतिशतले घटेको छ । सामसुङलगायत चिप बनाउने कम्पनीको कारोबारमा कमी आएको छ । तर, हङकङको ह्याङ सेङमा ०.२ प्रतिशत मात्रै गिरावट आएको छ । यसैबीच, सांघाई स्टक एक्सचेन्ज अलिकति बढेको छ ।
त्यस्तै क्रिप्टोकरेन्सीमा पनि गिरावट आएको छ । बिटक्वाइनको मूल्य करिब ५३ हजार डलर रहेको छ । जुन फेब्रुअरी पछिको सबैभन्दा कम हो ।
शुक्रबार अमेरिकामा रोजगारीसम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि न्यूयोर्कमा स्टकमा तीव्र गिरावट आएको छ ।इरान र इजरायलबीच युद्धको आशंकापछि अमेरिका र एशियाको सेयर बजारमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया