आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८०/८१ को तेस्रो त्रैमासिकको अन्त्य सम्ममा ११ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ६१ लाख रुपैयाँ बढी हो। संस्थाले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको खुद ब्याज आम्दानी भने १३.४९% ले घटेको छ। समीक्षा अवधिमा संस्थाले १८ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ८९ लाख रुपैयाँले कम हो। यस्तै कम्पनीको खराब कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६२% ले बढेको छ। कम्पनीको तेश्रो त्रैमासिकमा खराब कर्जा २.९९% देखिएको छ।
संस्थाले जगेडा कोषमा १२ करोड ४ रुपैयाँ राखेको छ। समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १५.५३ रुपैयाँ,पीई रेसियो ३८.१० र प्रतिसेयर नेटवर्थ १२४.६९ रुपैयाँ छ |
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया