आजदेखि नयाँ ब्रोकर कमिसन दर लागू

आजदेखि नयाँ ब्रोकर कमिसन दर लागू

आज अर्थात् जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिसन दर लागू भएको छ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गरेर ब्रोकर कमिसन घटाउने निर्णय गरेसँगै आजबाट नयाँ कमिसन दर लागू भएको हो ।

यस अघि २०७७ साल पुस १२ गतेदेखि लागू हुने गरी बोर्डले ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो । बोर्डले त्यसको ३ वर्ष पाँच महिनापछि पुनः ब्रोकर कमिसनमा अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर ०.३६ प्रतिशत र ०.२७ प्रतिशतको तल्लो सीमालाई घटाएर ०.२४ प्रतिशत कायम गरी लागू गरेको हो ।

हालसम्म ५० हजार रुपैयाँसम्मको सेयर खरिदबिक्री गर्दा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्थ्यो  । तर, आजदेखि  ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत , ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ बढीको सेयर किनबेच गर्दा ०.२४ प्रतिशत कमिसन तिर्नुपर्नेछ ।

 

Screenshot 2024 05 14 115728 https://bajarkochirfar.com/%e0%a4%86%e0%a4%9c%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%b0-%e0%a4%95%e0%a4%ae%e0%a4%bf%e0%a4%b8%e0%a4%a8 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

सिफारिस

होमपेज बिज शर्ट्स