आगामी प्रधानमन्त्री म होइन, शेरबहादुर देउवाजी नै हो : परराष्ट्रमन्त्री आरजु राणा

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १३ गते
आगामी प्रधानमन्त्री म होइन, शेरबहादुर देउवाजी नै हो : परराष्ट्रमन्त्री आरजु राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन् । धनगढी आज आयोजित पत्रकार भेटघाटमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवा नै हुने सुनिश्चितता व्यक्त गरिन्। उनले आफूलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रूपमा उठाइएको चर्चा ‘राम्रो कल्पना’ मात्र भएको बताएकी छन्।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । जसलाई कतिपयले आरजुलाई लक्षित गरेजस्तो सोचेका थिए। यसलाई सम्बोधन गर्दै आरजुले भनिन्, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । त्यसकारण त्यो राम्रो कल्पना हो ।

उनले थपिन “म प्रधानमन्त्रीज्युलाई धेरै धन्यवाद दिन चाहान्छु, उहाँले एउटा यस्तो कुरा बताइदिनुभयो, जसले जनमानसमा एउटा कल्पना बनेको छ । तर त्यो मेरो लागि भन्नुभाजस्तो लाग्दैन ।’  यद्यपि प्रधानमन्त्री ओलीको भनाइ आफूप्रति लक्षित नभएको जस्तो लागेको राणाले बताइन् ।

प्रधानमन्त्रीको भनाइ उहाँकै पार्टीको कोही व्यक्तिप्रति लक्षित हुन सक्ने बताइन् । तर कांग्रेसबाट भने आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले बताइन् । ‘हाम्रो पार्टीको अब अर्को प्रधानमन्त्री बन्ने भनेको शेरबहादुर देउवा जी नै हो,’ आरजुले भनिन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स