कृति भेन्चर फण्ड लिमिटेडले जेठ ८ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले टिम कर्पोरेट सेन्टर, शक्ति विनायक मार्ग, काठमाडौंमा अपरान्ह ४ बजे सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभामाआईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । बोनस सेयर कर प्रयोजनका लागि नगद लाभांश वितरणको प्रस्ताव गरिए पनि कति भन्ने उल्लेख छैन । त्यस्तै,गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै, मर्जर तथा प्राप्ती प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १ गते बुक क्लोज गर्ने भएको छ ।










![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)


![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया