आँखुखोला जलविद्युत कम्पनीको अवितरित १७ लाख ५० हजार २४८ कित्ता सेयर किन्ने अन्तिम दिन आज असोज २० गते रहेको छ।
कम्पनीले असोज ११ देखि लिलाम बिक्री खुला गरेको हो। यसअघि कम्पनीले १ बराबर १ः५ अनुपातमा प्रतिसेयर १०० रुपियाँमा १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो, जसबाट ४१ हजार ३६२ जना सेयरधनीलाई भदौ ३० मा १ करोड २ लाख ४९ हजार ७५२ कित्ता सेयर बाँडफाँट गरिएको थियो।
बाँकी १७ लाखभन्दा बढी सेयर लिलाम बिक्रीमा छ। न्यूनतम मूल्य १०० रुपियाँ तोकिएको छ, र इच्छुकले गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ।















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया