अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन् । उनले मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको नियुक्ति छिट्टै गर्ने समेत जानकारी गराएका छन् । उनले भने, “सेबोनको अध्यक्ष नियुक्ति पक्रिया यति जटिल (कम्प्लिकेटेड) हुनु हुँदैनथ्यो । म अर्थमन्त्री भएर आईपुग्दा यो एउटा अन्योलको अवस्थामा ग्रुरिएको थियो । अब कानूनसम्मत पारदर्शी ढंगले योग्य व्यक्ति अध्यक्षमा नियुक्ति हुन्छ । यत्ति नै समय भन्ने छैन तर छिटो भन्दा छिटो पक्रिया अगाडि बढ्छ ।” उनले पूँजी बजारलाई वास्तवमै अर्थतन्त्रको ऐनाको संज्ञा दिँदै सरकार पूँजी बजारको विकासको सन्दर्भमा पारदर्शी, परिपक्क ढंगले काम गर्ने बताए ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया