instainsta

अर्थमन्त्री पौडेले भने, “सेयर बजारमा कुनैपनि प्रकारका कर्नर र इन्साइडर ट्रेडिंगहरु नगर्नुहोस्”

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ७ गते
अर्थमन्त्री पौडेले भने, “सेयर बजारमा कुनैपनि प्रकारका कर्नर र इन्साइडर ट्रेडिंगहरु नगर्नुहोस्”
AdvertisementAds

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजीबजारमा एक जनाको मात्रै एकाधिकार रहन नदिने बताएका छन्। धितोपत्र सम्बन्धि पहिलो संशोधन विधेयक, २०८१ का विषयमा संसदमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्  ।

अर्थमन्त्री पौडेलले पुँजीबजारमा ६४ लाख बढीले डिम्याट खाता र दोस्रो बजारमा २२ लाख बढी लगानीकर्ताले धितोपत्रको कारोबार गर्ने गरेको भन्दै एक जनाको एकाधिकार रहने अवस्था नभएको स्पष्ट पारे । उनले यदि एक वा कुनै समूहको एकाधिकार भएपनि सरकारले त्यस्तो गर्न नदिने धारणा राखे  ।

उनले  सेयर बजारमा नक्कली कारोबार हुन नदिने बताए । अर्थमन्त्री पौडेलले सरकारले सेयर बजारलाई परिपक्व,अनुशासित र दिगो ढङ्गले विकसित गर्ने दृष्टिकोणका साथ काम गरिरहेको बताए । उनले सेयर बजारमा कुनैपनि प्रकारका अवाञ्छित क्रियाकलाप,कर्नर र इन्साइडर ट्रेडिंग  हुन नदिने र विभिन्न प्रकारका सामाजिक सञ्जालमा ग्रुपहरु  बनाएर सेयर लगानीकर्तालाई भ्रम पार्न नदिने विषयमा सरकारले ध्यान दिएको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिस समितिले सिफारिस गरे बमोजिम नियुक्ति हुने कानूनी व्यवस्था भएको भन्दै कुनैपनि पार्टी वा पार्टीको नेताले चाहेर व्यक्ति अक्ष्यक्ष हुन नसक्ने बताए । उनले बोर्डको अध्यक्ष नियुक्ति सरकारले नेपाल धितोपत्र बोर्ड ऐन दफा ७ को कानूनी प्रक्रिया र विधि बमोजिम अध्यक्ष नियुक्ति हुने बताए ।

उनले भने ,‘नेपाल धितोपत्र बोर्ड सम्बन्धि ऐन दफा ७ को कानूनी प्रक्रिया र विधि बमोजिम अध्यक्ष नियुक्ति हुन्छ । यसमा कसैले प्रभाव पर्ने भन्ने विषय रहँदैन । मिडियामा प्रकाशित समाचारका आधारमा धारणा बनाउन आवश्यक छैन । पुँजीबजारमा डिम्याट खाता ६४ लाख बढीले खोलेका छन् । दोस्रो बजारमा धितोपत्रको कारोबार खाता सञ्चालन गरेका लगानीकर्ताको संख्या २२ लाख बढिरहेको हुनाले पुँजीबजारमा एक जनाको मात्रै अधिकार रहने हुन सक्दैन र सरकारले हुन दिइनेछैन । अध्यक्ष नियुक्ति सम्बन्धमा सिफारिस समितिले सिफारिस गरे बमोजिम अध्यक्ष नियुक्ति हुने कानूनी व्यवस्था हो। यसमा कुनैपनि पार्टी वा पार्टीको नेताले चाहेर अक्ष्यक्ष हुँदैन । त्यस अनुसारको चाहनामा प्रतिविम्वित हुँदैन । निर्णय प्रक्रिया पारदर्शी  र स्वच्छ ढङ्गले हुन्छ । प्रत्येक नेपाली नागरिकलाई नेपालको कुनैपनि भूभागका व्यापार व्यवसायी सञ्चालन गर्न पाउने संवैधानिक हक छ । सरकार त्यसको पक्षमा छ । सेयर बजारमा नक्कली कारोबार उठाउनु भएको छ । तर  सरकारले शेयर बजारलाई परिपक्क,अनुशाशित र दिगो ढङ्गले विकशित गर्नुपर्छ भन्ने दृष्टिकोण हो । त्यही अनुसारका प्रयासहरु भइरहेका छन् । कुनैपनि प्रकारका अवान्छित क्रियाकलापहरु,कर्नर र इन्साइडर टेडिङ नहोस् र विभिन्न प्रकारका सामाजिक सञ्चालमा  ग्रुपहरु  बनाएर सेयर लगानीकर्तालाई भ्रम नगरियोस् भन्ने कुरामा सरकारले ध्यान दिएको छ ।’

उनले सरकारलाई अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न नसक्ने भन्दै मिडियामा प्रकाशित समाचारका आधारमा धारणा बनाउन आवश्यक नभएको बताए । उनले बोर्डको अध्यक्ष नियुक्तिको निर्णय प्रक्रिया पारदर्शी र स्वच्छ ढङ्गले हुने जानकारी दिए । अर्थमन्त्री पौडेलले बिहीवार प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र धितोपत्र सम्बन्धी ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा प्रस्तुत  गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स