अझै पाँच बैंकको सेयर किन्दा लाभांश पाइने, कसले कति दिँदैछन् बोनस र नगद ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
अझै पाँच बैंकको सेयर किन्दा लाभांश पाइने, कसले कति दिँदैछन् बोनस र नगद ?

नेप्सेमा सुचिकृत धेरैजसो कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् भने केही कम्पनीहरू प्रस्ताव गर्ने तयारीमा छन्। लाभांश घोषणा गरिसकेपछि कम्पनीहरूले साधारण सभाअघि नै बुक क्लोज मिति तोक्छन्। यस मितिसम्म सेयर खरिद गर्ने सेयरधनीहरु मात्र लाभांश र साधारण सभामा भाग लिन योग्य हुन्छन।

यसरी, पाँचवटा बैंकको सेयर खरिद गर्दा हालसम्म पनि लगानीकर्ताहरूले लाभांश पाउन सक्छन्। यी बैंकहरुले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेका छन् । तर, दुई बैंकको बुक क्लोज मिति आउन बाकी छ भने ३  बैंकको बुक क्लोज मिति तय भएको छैनन् । त्यसैले पाँच वाणिज्य बैंकको सेयर किन्दा लाभांश पाइने भएको हो ।

लाभांश पाउन योग्य बैंकहरू:
१. ग्लोबल आइएमई बैंक
– लाभांश: ५.५% बोनस सेयर
– बुक क्लोज मिति: मंसिर ९ गते, आइतबार
– लाभांश पाउन सेयरधनी: मंसिर ८ गतेसम्म कायम सेयरधनी

२. प्राइम कमर्सियल बैंक:
– लाभांश: ५% नगद (करसहित)
– बुक क्लोज मिति: मंसिर ९ गते
– लाभांश पाउन सेयरधनी: मंसिर ८ गतेसम्म कायम सेयरधनी

३. नबिल बैंक:
– लाभांश: १०% नगद (करसहित)
– बुक क्लोज मिति: तय भएको छैन

४. स्ट्यान्डर्ड चार्टर्ड बैंक:
– लाभांश: ६.५% बोनस र करसहित १९% नगद, कुल २५.५% लाभांश
– बुक क्लोज मिति: तय भएको छैन

५.शाइन रेसुंगा बैंक(विकास बैंक):
– लाभांश: ३% बोनस र करसहित ५% नगद, कुल ८% लाभांश
– बुक क्लोज मिति: तय भएको छैन

लाभांश घोषणा गरेका यी बैंकहरू मध्ये ग्लोबल आइएमई बैंक र  प्राइम कमर्सियल बैंकको बुकक्लोज मंसिर ९ गते तोकेको छ भने नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, शाइन रेसुंगा बैंकको बुकक्लोज तोक्न बाकी छ । तसर्थ, यी ५ बैंकको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाउन सकिन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स