होटेल्स तथा पर्यटन समूहका कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। नेप्सेमा सूचीकृत होटेल्स तथा पर्यटन समूहतर्फको ६ ओटा कम्पनीहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाफामा सुधार देखिएको छ। पछिल्लो समयमा पर्यटकहरुको सख्या बढ्दै जाँदा होटेल्स तथा पर्यटन समूहमा सुधार देखिएको हो। गत वर्ष हालसम्मकै बढी पर्यटक नेपाल भ्रमणमा आएका थिए। कोभिडको कारण संकुचनमा परेको नेपालको पर्यटन व्यवसाय बिस्तारै पुनरुत्थान हुँदैछ।
यस लेखमा हामीले होटेल्स तथा पर्यटन समूहका कम्पनीहरुको तेस्रो त्रैमासिकको वित्तीय विवरणको आधारमा वित्तीय सूचकहरूलाई तुलना गरेका छौ।
१. चुक्तपुँजी: चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणको अनुसार तारागाउँ रिजेन्सी होटेल्सको चुक्तापूँजी सबैभन्दा बढी रहेको छ। कम्पनीको चुक्तापुँजी १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ रहेको छ। यसैगरी, होटलहरु मध्ये सबैभन्दा कम चुक्तापुँजी कालिञ्चोक दर्शन लिमिटेडको देखिएको छ।
२. रिर्जभ एण्ड सर्प्लस: रिर्जभ एण्ड सर्प्लसको आधारमा अग्रणी स्थानमा ओरिएन्टल होटल लिमिटेड रहेको छ। कम्पनीको रिजर्भमा २ अर्ब ६८ करोड रहेको छ । नेप्सेमा सूचीकृत ६ होटल मध्ये २ होटेल सिटी होटल लिमिटेड र चन्द्रागिरी हिलिस लिमिटेडको रिजर्भ ऋणात्मक देखिएको छ। बाँकी ४ कम्पनीहरुको रिजर्भ सकारात्मक छ। होटल समूहका कम्पनीहरु मध्ये सबैभन्दा थोरै रिजर्भ एण्ड सर्प्लस कालिञ्चोक दर्शन लिमिटेडको छ ।
३. संचालन नाफा: चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सबैभन्दा बढी संचालन मुनाफामा सोल्टी होटल लिमिटेडले कमाएको छ। सोल्टी होटल लिमिटेडले तेस्रो त्रैमासिक सम्ममा ५१ करोड २७ लाख मुनाफा कमाएको छ। यसैगरी, संचालन नाफा थोरै आर्जन गर्नेमा कालिञ्चोक दर्शन लिमिटेड रहेको छ।
४. खुद नाफा: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै खुद नाफा सोल्टी होटेल लिमिटेडले कमाएको छ। समीक्षा अवधिमा कम्पनीले ४१ करोड २३ लाख रुपैयाँ कमाएको छ। होटेल्स तथा पर्यटन समूहतर्फ को ६ कम्पनी मध्ये १ कम्पनि सिटी होटल लिमिटेडको खुद नाफा ऋणात्मक देखिएको छ। भने अन्य ५ कम्पनीहरु मध्ये सबैभन्दा कम खुद नाफा कालिञ्चोक दर्शन लिमिटेडले कमाएको छ।
५. प्रतिसेयर आम्दानी: होटल समूहका कम्पनीहरु मध्य सबैभन्दा बढी प्रतिसेयर आम्दानी तारागाउँ रिजेन्सी होटेल्सको छ। कम्पनीको प्रतिसेयर आम्दानी २२.५ रुपैयाँ छ । होटल समूहका कम्पनीहरु मध्य सबैभन्दा थोरै प्रतिसेयर आम्दानी कालिञ्चोक दर्शन लिमिटेडको ५.५३ रहेको छ। ६ कपमायमध्ये ५ कम्पनिको प्रतिसेयर आम्दानी सकारात्मक रहेको छ भने सिटी होटलको मात्र प्रतिसेयर आम्दानी नकारात्मक छ।



![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?fit=640%2C360&ssl=1)







![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया