किन घट्यो जर्मनीमा विद्युतीय कारको विक्री ?
सन् २०२४ मा जर्मनीको विद्युतीय कारको विक्रीमा गिरावट आएको छ। गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको विक्री २७ दशमलव ४ प्रतिशतले घटेको छ। केबिए सङ्घीय यातायात प्राधिकरणका अनुसार सन् २०२४ युरोपको सबैभन्दा ठूलो कार बजारमा झण्डै २.८ लाख नयाँ विद्युतीय कार दर्ता भएको थियो , जुन अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले कम हो। तीमध्ये, मात्र ३ लाख ८० हजार ६०९ विद्युतीय कार दर्ता भएका थिए, जसले १३.५ प्रतिशतको बजार हिस्सा ओगटेको छ।
विद्युतीय कारहरूको घट्दो मागको प्रमुख कारण भनेको सन् २०२३ को अन्त्यमा सरकारी अनुदान फिर्ता लिएपछि जर्मनीमा विद्युतीय कारहरूको माग सुस्त भएको हो। इवाई विश्लेषक कन्स्टान्टिन गलले यसबारे टिप्पणी गर्दै भने, “नयाँ इभि मोडलहरूको उच्च मूल्य, कमजोर चार्जिङ पूर्वाधार र दायरा सीमितताहरूले पनि धेरै उपभोक्ताहरूलाई विद्युतीय कार छनौट गर्न निरुत्साहित गरेको छ ।”
यस गिरावटले जर्मनीको समग्र अटो उद्योगमा थप समस्या निम्त्याएको छ। यस क्षेत्रमा कमजोर माग र विद्युतीय सवारीका चुनौतीहरूले उद्योगलाई दबाबमा राखेको छ। केही निर्माता र आपूर्तिकर्ताहरूले गत वर्ष ठूलो मात्रामा रोजगार कटौतीको घोषणा गरेका थिए।
फेब्रुअरी २३ मा हुने निर्वाचनअघि अटो उद्योगको यो संकट राजनीतिक बहसको मुख्य मुद्दा बनेको छ। आलोचकहरूका अनुसार जर्मनीको आर्थिक मन्दीले पनि विद्युतीय सवारी साधनको विक्रीलाई नकारात्मक असर गरेको छ। आगामी वर्ष उद्योगले विक्रीमा खासै सुधार हुने आशा गर्न नसक्ने विश्लेषकहरू बताउँछन्।