किन ट्रम्पको टोलीले गूगल र माइक्रोसफ्ट जस्ता ठूला प्राविधिक कम्पनीलाई बैठकका लागि बोलायो?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २४ गते
किन ट्रम्पको टोलीले गूगल र माइक्रोसफ्ट जस्ता ठूला प्राविधिक कम्पनीलाई बैठकका लागि बोलायो?

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल ट्रम्पको टोलीले ठूला पाँच प्राविधिक कम्पनीहरुलाई अनलाइनबाट लागू औषधि बिक्री नियन्त्रणका लागि छलफल गर्न डिसेम्बरमा बैठकका लागि आमन्त्रित गरेको छ। द इन्फर्मनको रिपोर्ट अनुसार गूगल, माइक्रोसफ्ट, मेटा प्लेटफर्म, स्न्यापच्याट र टिकटक लगाएतका कम्पनीलाई आमन्त्रित गरिएको हो।

बैठकमा लागु औषधि नियन्त्रणका लागि प्राविधिक कम्पनीहरुको विचार र समाधानका उपायहरूको बारेमा छलफल गरिनेछ। लागू औषधि बिक्री नियन्त्रणका लागि छलफल गर्न प्राविधिक कम्पनीहरुलाई सम्पर्क गरिए पनि यी कम्पनीहरुले भने अहिलेसम्म केहि प्रतिक्रिया दिएका छैनन्।

डोनाल्ड ट्रम्पले आफ्नो प्रचार अभियानमा मेक्सिकोबाट अमेरिका भित्रिने फेन्टानिल र अन्य लागुऔषधका तस्करी रोक्न सशक्त कदम चाल्ने प्रतिज्ञा गर्दै आएका छन्। उनले मेक्सिको र क्यानडासँग सहकार्यका लागि दबाब दिन ती देशहरूसँग हुने व्यापारमा कर थप्ने चेतावनी पनि दिएका छन्।

यसै वर्ष, मेटाका प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राममा लागुऔषध बिक्रीको सुविधा प्रदान गरेको आरोपमा अनुसन्धानको घेरामा परेको थियो। त्यस्तै, इबेले जनवरीमा लागुऔषधको तस्करीको विषयमा अमेरिकी न्याय विभागसँग ५९ मिलियन अमेरिकी डलर जरिवाना तिरेको थियो।

यो बैठकमा ट्रम्पको टोलीले प्राविधिक कम्पनीहरूसँग लागू औषधि बिक्री नियन्त्रणका विषयमा सहकार्य गर्ने प्रयास गरेका छन्, जसले अनलाइन माध्यमबाट हुने लागुऔषध व्यापारको अन्त्यमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स