राप्रपाले किन सोध्यो दुई नेतालाई स्पष्टीकरण ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३ गते
राप्रपाले किन सोध्यो दुई नेतालाई स्पष्टीकरण ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा दुई नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

पार्टी अनुशासन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

समितिका सदस्य भक्ति सिटौलाका अनुसार उनीहरूले पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा बाहिर ल्याउने, चुनावका बेला पार्टी निर्णयविपरीत अभिव्यक्ति दिने तथा सामाजिक सञ्जालमा मर्यादाविपरीत टिप्पणी गर्ने जस्ता कार्य गरेर अनुशासन उल्लंघन गरेको आरोप छ।

अनुशासन समितिले ती गतिविधिलाई पार्टीको प्रतिष्ठामा आँच पुर्‍याउने ठहर गर्दै ७२ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स