instainsta

कहिलेदेखि खुल्दैछ दरमखोला हाईड्रो इनर्जीको आईपीओ ?

कहिलेदेखि खुल्दैछ दरमखोला हाईड्रो इनर्जीको आईपीओ ?
AdvertisementAds

दरमखोला हाईड्रो इनर्जी लिमिटेडले  प्राथमिक सेयर (आईपीओ) असार ९ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३९ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार १५० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख ३० हजार ५०० कित्ता सेयर निष्काशन गरिनेछ।

आयोजना प्रभावित क्षेत्रका गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका र बडिगाढ गाउँपालिकामा स्थायी बसोबास गर्ने नेपाली नागरिकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार २३ गतेसम्म तोकिएको छ, तर पर्याप्त आवेदन नपरेमा आयोजनातर्फको निष्काशन साउन ६ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि भने म्याद थपिने छैन्।

आवेदन फाराम बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट तथा बानेश्वरस्थित कार्यालय, थापाथलीस्थित दरमखोला हाईड्रोको कार्यालय र वेबसाइट तथा नेपाल धितोपत्र बोर्डको साइटबाट प्राप्त गर्न सकिन्छ। आयोजनाका लागि ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकको गल्कोट शाखा तथा दरमखोला पावरहाउसबाट पनि फारम लिन सकिन्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र “मेरो शेयर”मार्फत पनि आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स