कहिले सकिँदैछ महाप्रसाद अधिकारीको गभर्नर कार्यकाल? मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा ल्याएर विदा हुने तयारीमा



Advertisement
Ads

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल अब दुई महिनामै सकिँदैछ। २०७६ चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नरमा नियुक्त गरेको थियो, जसको अवधि आगामी चैत २३ गते पूरा हुनेछ।


Advertisement

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व सचिव केशव भट्टराईको नाम सिफारिस गरेको थियो। तीमध्ये अधिकारीले गभर्नरको पदमा बाजी मारेका थिए। प्रावधानअनुसार त्रैमासिक सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा ल्याइसक्नुपर्छ। गभर्नर अधिकारीले फागुन दोस्रो साता मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा ल्याउने गरी आन्तरिक तयारी गरिरहेका छन्।


Advertisement

आकांक्षीहरूको दौडधुप
राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नरको कार्यकाल समाप्त हुनुभन्दा एक महिना अगावै नयाँ गभर्नर सिफारिस समिति गठन गर्नुपर्ने प्रावधान छ। समितिले तीन जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गर्नुपर्छ, जसमा अनिवार्य रूपमा एक जना डेपुटी गभर्नर हुनुपर्छ। समितिको संयोजक अर्थमन्त्री हुन्छन्, जसमा एकजना पूर्व गभर्नर र एकजना विज्ञ सदस्य रहने व्यवस्था छ।

महाप्रसाद अधिकारीको कार्यकाल समाप्त हुनु केही महिनाअगावै नयाँ गभर्नरका लागि आकांक्षीहरूको दौडधुप सुरु भइसकेको छ। तर पछिल्ला वर्षहरूमा नयाँ गभर्नर नियुक्ति अन्तिम घडीसम्म अल्झ्याउने प्रचलन देखिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर