रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको विज्ञप्तिमा हिजो साँझ भर्ना भएका लामिछानेको एन्टिबायोटिक्समार्फत उपचार भइरहेको जानकारी दिइएको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईका अनुसार, लामिछानेले गत माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट पाएका थिए। औषधि सेवनपछि स्वास्थ्यमा सुधार नभएपछि सेलुलाइटिसको उपचारका लागि हाडजोर्नी विभागमा भर्ना गरिएको हो।
अस्पतालले सामाजिक सञ्जालमा सेयर भइरहेका उनको फोटो अस्पतालकै नभएको पनि स्पष्ट पारेको छ।


प्रतिकृया