गृहमन्त्री सुधन गुरुङले कानुन उल्लंघन गर्ने जो–कोहीलाई नछाड्ने स्पष्ट चेतावनी दिएका छन्। बिहीबार साँझ सुरक्षा पत्रकारहरूसँगको भेटमा उनले आफ्नै परिवारका सदस्यले समेत गल्ती गरे कारबाहीबाट उन्मुक्ति नपाउने बताए।
‘गल्ती गर्ने कसैलाई पनि छाड्दिनँ, मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिनँ,’ उनले भने।
गुरुङका अनुसार हाल सरकारले गल्ती गर्ने व्यक्तिलाई अनुहार नहेरी कानुनी दायरामा ल्याउने काम गरिरहेको छ।
त्यस्तै उनले उच्च पदस्थ व्यक्तिहरू (भीआईपी) सम्बन्धी मुद्दामा अदालतले निर्णय उल्ट्याउने गरेको भन्दै असन्तुष्टि पनि जनाए। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रातभर सुरक्षा निकाय परिचालन गरी नियन्त्रणमा लिएको भए पनि अदालतले पछि छाडेको उनले उल्लेख गरे।
‘रातभर दुई आईजीपी म बसेर काम गर्यौं । अहिले स्वाट्ट अदालतले छाडिदियो । हाम्रो दु:ख खेरे गयो,’ भन्दै उनले प्रक्रियागत कानुनी जटिलताप्रति असन्तोष व्यक्त गरे।
गुरुङले अहिले कानुन अध्ययनमा ध्यान दिइरहेको पनि बताए। भविष्यमा पक्राउ गर्दा कानुनी आधार स्पष्ट हुने गरी काम गर्ने उद्देश्य रहेको उनको भनाइ छ।
उनका अनुसार केही घटनामा भीआईपीमाथि कारबाही सुस्त देखिए पनि कानुन उल्लंघन गर्नेहरूमाथिको कारबाही रोकिने छैन।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया