२०२३ मा नेपालमा घटेको भिभोको बिक्री २०२४ मा उकालो लाग्यो, एक वर्षमा कति कमायो?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १५ गते
२०२३ मा नेपालमा घटेको भिभोको बिक्री २०२४ मा उकालो लाग्यो, एक वर्षमा कति कमायो?

नेपालमा भिभो स्मार्टफोनको बिक्री २०२४ मा उल्लेखनीय रूपमा बढेको छ। नयाँ मोडेलहरू ल्याउनुका साथै वितरण सञ्जाल मजबुत बनाउने रणनीतिले बिक्री उकालो लागेको हो। भिभोको आधिकारिक वितरक सेलुसिटी इन्टरनेसनल प्रालिले २०२४ मा १ अर्ब ६६ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन २०२३ को तुलनामा २३ प्रतिशतले बढी हो। कम्पनीको बिक्री २०२३ मा १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ र २०२२ मा १ अर्ब ६४ करोड रुपैयाँ थियो।

बिक्री संख्यामा पनि उल्लेखनीय वृद्धि देखिएको छ। सेलुसिटी इन्टरनेसनल प्रालि २०२३ मा एसेसरिज सहित ९८ हजार ९१३ युनिट मात्र बिक्री भएकोमा २०२४ मा १ लाख ५५ हजार ६४० युनिट पुगेको छ। चालू आर्थिक वर्षको पहिलो छ महिनामै ८७ हजार ७११ युनिट बिक्री भई ९४ करोड ६० लाख रुपैयाँ आम्दानी भएको रेटिङ कम्पनी केयर रेटिङस्ले जनाएको छ। सेलुसिटी इन्टरनेसनल प्रालिले मोबाइल एक्सेसोरी र ग्याजेट्सको सेवा पनि एन्कर ब्रान्डमार्फत विस्तार गरेको छ।

वाई२८, वाई१९एस र भी४० जस्ता भिभोका मध्य-स्तरीय मोडेलहरू नेपाली बजारमा लोकप्रिय छन्। यी मोडेलहरू उत्कृष्ट डिजाइन, क्यामेरा र ब्याट्री क्षमताका कारण उपभोक्तामाझ रुचाइएका हुन्। वाई सिरिज र भी सिरिज विशेषगरी नेपाली उपभोक्ताबीच लोकप्रिय छन्।यसैबीच, भिभोले उच्च-स्तरको एक्स २०० प्रो स्मार्टफोन सार्वजनिक गरेको छ। गत मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो फोनको मूल्य १ लाख ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ, जसले प्रिमियम सेग्मेन्टका उपभोक्तालाई लक्षित गरेको छ।

ब्यापार वृद्धिमा वितरण सञ्जाल विस्तार र किफायती मूल्यमा गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउने रणनीति प्रभावकारी देखिएको छ। नेपालभर २२ वटा डिलर नेटवर्क रहेको सेलुसिटी इन्टरनेसनलले बजार पहुँच विस्तार गर्दै गएको छ।तर, कम्पनीले केही चुनौतीहरूसमेत सामना गर्नुपरेको छ। उच्च वित्तीय निर्भरता हुँदा २०२४ मा कम्पनीको डेब्ट टु इक्विटी अनुपात ६.१२ गुणा पुगेको छ, जसले बैंक ऋणमा ठूलो निर्भरता देखाउँछ। साथै, स्यामसुङ, शाओमी, एप्पल, वनप्लस, रियलमी, र टेक्नोजस्ता ब्रान्डहरूसँगको प्रतिस्पर्धाले चुनौती थपेको छ। स्मार्टफोन आयातमा निर्भर व्यवसाय भएकाले विदेशी विनिमय दर र ब्याजदर अस्थिरताले आर्थिक जोखिम बढाएको छ।
CREDIT RATING 3 https://bajarkochirfar.com/vivos-sales-in-nepal-which-decreased-in-2023-rose-in-2024-how-much-did-it-earn-in-a-year | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स