सेवा सुविधामा विभेद गरिएको भन्दै अपर तामाकोशी हाइड्रोका कर्मचारी आन्दोलनमा उत्रिए

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १० गते
सेवा सुविधामा विभेद गरिएको भन्दै अपर तामाकोशी हाइड्रोका कर्मचारी आन्दोलनमा उत्रिए

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका स्थानीय कर्मचारी सेवा सुविधामा विभेद गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन्।दोलखाबासी करार कर्मचारी संघर्ष समितिको नेतृत्वमा उनीहरूले शान्तिपूर्ण धर्ना तथा विरोध सभा सुरु गरेका छन्। कम्पनी व्यवस्थापनले पछिल्ला दुई वर्षदेखि सेवा सुविधामा विभेद गरेको भन्दै उनीहरूले पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको बताएका छन्।

संघर्ष समितिले आइतबार र सोमबार प्लान्ट सञ्चालनका लागि जिल्ला बाहिरका सवारी चालक कर्मचारीहरूद्वारा पोर्टलमा एक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। चैत १२ गतेसम्म माग पूरा नभए सहमति कार्यान्वयन नभएसम्म आपतकालीन अवस्थाबाहेक कुनै पनि सवारी साधन सञ्चालन गर्न नदिने चेतावनी दिइएको छ।

यसअघि पनि कर्मचारीहरूले गत असोजमा धर्ना दिएका थिए। त्यसपछि असोज ६ गते कम्पनी व्यवस्थापन र संघर्ष समितिका प्रतिनिधिबीच माघ मसान्तसम्म सबै कर्मचारीलाई समान सेवा सुविधा उपलब्ध गराउने सहमति भएपछि आन्दोलन स्थगित गरिएको थियो। तर, सहमति कार्यान्वयन नभएकाले पुनः आन्दोलन गर्नुपरेको कर्मचारीहरूले बताएका छन्। समितिले गोंगरस्थित कार्यालयको कामकाज ठप्प पार्ने चेतावनीसमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स