विदेश बसेका नेपालीको रेमिट्यान्स र सेयरमार्फत अपर अरुणको लगानी जुटाइने

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ९ गते
विदेश बसेका नेपालीको रेमिट्यान्स र सेयरमार्फत अपर अरुणको लगानी जुटाइने

विदेश बसेका नेपालीको रेमिट्यान्स र सेयरमार्फत अपर अरुण जलविद्युत् आयोजना निर्माण हुने

सरकारले १,०६३ मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि विदेशमा बसोबास गर्ने नेपालीहरुलाई सहभागी गराउने योजना अघि सारेको छ। विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउँदा त्यसलाई सेयरमा रूपान्तरण गरेर परियोजनामा लगानी गर्न सक्नेछन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलेका अनुसार परियोजनाको लगानी मोडालिटी तयार हुन लागिसकेको र फाइनान्सिङ क्लोजर छिट्टै सम्पन्न हुने छ। परियोजना निर्माणका लागि आवश्यक पूँजी स्वदेशी लगानी र केही दातृ निकायबाट सहुलियतपूर्ण ऋण लिएर जुटाइनेछ भने मुख्य पूँजी विदेशमा रहेका नेपालीहरुको सेयर लगानीबाट जुटाइनेछ।

हालसम्म आयोजनाको जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकन लगायतका तयारी कामहरू पूरा भइसकेका छन्। परियोजना निर्माण संखुवासभामा हुनेछ र कम्तीमा ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अनुमानित लागत करिब २ खर्ब ३० अर्ब रुपैयाँ छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स