उपायको कारोबार एक वर्षमै ५४ प्रतिशत बढ्यो, कर्मचारी संख्या १,५०० नाघ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १२ गते
उपायको कारोबार एक वर्षमै ५४ प्रतिशत बढ्यो, कर्मचारी संख्या १,५०० नाघ्यो
AdvertisementAds

नेपालको लजिस्टिक्स सेवा प्रदायक कम्पनी उपायले गत आर्थिक वर्षमा आफ्नो कारोबार ५४ प्रतिशतले बढेको जनाएको छ। कम्पनीका अनुसार शाखा विस्तार, कर्मचारी संख्या वृद्धि, दैनिक डेलिभरी क्षमता विस्तार र पूर्वाधारमा गरिएको लगानीका कारण व्यवसायमा उल्लेखनीय वृद्धि भएको हो।

सन् २०२० मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदान गर्दै आएको छ। कम्पनीले ई–कमर्स व्यवसाय, अनलाइन विक्रेता, उत्पादन उद्योग, जलविद्युत् आयोजना तथा अन्य व्यावसायिक संस्थालाई ढुवानी, वेयरहाउसिङ र वितरणसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।

कर्मचारी र शाखा सञ्जालमा तीव्र विस्तार

कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्षमा करिब ३८० कर्मचारी रहेकोमा गत आर्थिक वर्षको अन्त्यसम्म कर्मचारी संख्या बढेर १,५०० भन्दा बढी पुगेको छ। कम्पनीले प्रत्यक्ष रोजगारीसँगै डेलिभरी पार्टनर, यातायात साझेदार र अन्य सेवा प्रदायकमार्फत अप्रत्यक्ष रूपमा ५,००० भन्दा बढी रोजगारी सिर्जना भएको जनाएको छ।

शाखा सञ्जाल पनि उल्लेखनीय रूपमा विस्तार भएको कम्पनीको भनाइ छ। अघिल्लो आर्थिक वर्षमा ४० शाखाबाट सेवा सञ्चालन गरिरहेको कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार हाल यसको सेवा देशका सबै जिल्लासहित ५,००० भन्दा बढी वितरण स्थलसम्म पुगेको छ।

कम्पनीको दैनिक डेलिभरी क्षमता पनि बढेको छ। केही वर्षअघि दैनिक करिब १,००० पार्सल वितरण गर्ने कम्पनीले अहिले औसत १५,००० पार्सल प्रतिदिन वितरण गरिरहेको जनाएको छ।

उपायका अनुसार गत आर्थिक वर्षमा कारोबार ५४ प्रतिशतले बढ्नुमा ढुवानी सेवाको विस्तार, देशव्यापी शाखा सञ्जाल विस्तार, नयाँ व्यावसायिक ग्राहक थपिनु, Fulfillment सेवाको विस्तार, ई–कमर्स बजारको वृद्धि तथा दैनिक पार्सलको संख्या बढ्नु मुख्य कारण हुन्।

साँगामा निर्माण हुँदै अत्याधुनिक 3PL वेयरहाउस

कम्पनीले काभ्रेको साँगामा १८ रोपनीभन्दा बढी आफ्नै जग्गामा करिब ४५ हजार वर्गफुट क्षेत्रफलमा अत्याधुनिक 3PL (Third-Party Logistics) Warehouse निर्माण गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार वेयरहाउसको कुल भण्डारण क्षमता करिब १ लाख ४० हजार वर्गफुटभन्दा बढी हुनेछ। परियोजना आगामी ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

वेयरहाउस सञ्चालनमा आएपछि Storage, Inventory Management, Pick & Pack, Fulfillment तथा Nationwide Distributionजस्ता एकीकृत 3PL सेवाहरू एउटै स्थानबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।

हाल कम्पनीले काठमाडौंको पेप्सीकोलास्थित करिब १८ हजार वर्गफुटको 3PL वेयरहाउसबाट सेवा सञ्चालन गरिरहेको छ। नयाँ पूर्वाधारले बढ्दो व्यावसायिक माग व्यवस्थापन गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

पूर्वाधारमा दीर्घकालीन लगानी

उपायको Fulfillment Division का President संगम पौडेलले कम्पनीले वर्तमान आवश्यकतासँगै भविष्यको लजिस्टिक्स बजारलाई लक्षित गरेर पूर्वाधारमा लगानी गरिरहेको बताए।

“नेपालमा व्यवसाय गर्ने तरिका तीव्र रूपमा परिवर्तन भइरहेको छ। त्यही परिवर्तनसँगै लिजिस्टक्स पनि आधुनिक हुन आवश्यक छ। हामीले निर्माण गरिरहेको 3PL Warehouse ले नेपाली व्यवसायहरूलाई अझ प्रभावकारी, व्यवस्थित र स्केलेबल लिजिस्टक्स समाधान उपलब्ध गराउने विश्वास लिएका छौं।”

उनका अनुसार कम्पनीको लक्ष्य पार्सल डेलिभरी सेवा मात्र प्रदान गर्नु नभई सम्पूर्ण Supply Chain व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै व्यवसायलाई एकीकृत लजिस्टिक्स समाधान उपलब्ध गराउनु हो।

कर्मचारी विकासमा जोड

कम्पनीका AVP–Human Resources राजु के.सी.ले कर्मचारी संख्या बढाउनुका साथै दक्ष जनशक्ति विकासमा पनि कम्पनीले प्राथमिकता दिएको बताए। “हामी कर्मचारी संख्या मात्र बढाइरहेका छैनौं, दक्ष जनशक्ति पनि निर्माण गरिरहेका छौं। नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास र कर्मचारी कल्याणलाई प्राथमिकतामा राखेर उपाय लाई दीर्घकालीन रोजगारीको उत्कृष्ट कार्यस्थल बनाउने हाम्रो लक्ष्य हो।”

डिजिटल व्यापारमा सेवा विस्तार

उपायले हाल ई–कमर्स कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, जलविद्युत् आयोजना तथा रिटेल ब्रान्डलाई End-to-End Logistics Solution उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीका अनुसार Seller Portal, Real-Time Tracking, Proof of Delivery (POD), Fulfillment Service, Air Cargo, Integration Cargo Service, Nationwide Distribution Network तथा Enterprise Logistics Solutions मार्फत डिजिटल व्यापारलाई सहज बनाउने काम भइरहेको छ।

आगामी योजना

कम्पनीले आगामी वर्षहरूमा देशव्यापी नेटवर्क थप विस्तार गर्ने, नयाँ 3PL Warehousing Facilities निर्माण गर्ने, Fulfillment Services विस्तार गर्ने तथा AI मा आधारित आधुनिक लजिस्टिक्स पूर्वाधारमा थप लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

उपायको Fulfillment Division का President संगम पौडेलले कम्पनीको लक्ष्य केवल व्यवसाय विस्तारमा सीमित नरहेको बताए। “हाम्रो उद्देश्य केवल कम्पनीको वृद्धि होइन, नेपालको सम्पूर्ण लिजिस्टक्स इकोसिस्टमलाई नयाँ स्तरमा पुर्‍याउनु हो। पूर्वाधार, प्रविधि, जनशक्ति र सेवाको गुणस्तरमा निरन्तर लगानी गर्दै हामी नेपाली व्यवसायहरूको दीर्घकालीन विकासका लागि विश्वसनीय साझेदार बन्न प्रतिबद्ध छौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स