एमालेले ६ लाख भन्दा बढी सदस्यलाई अध्यक्ष ओलीको हस्ताक्षरसहित चिठी पठायो

एमालेले ६ लाख भन्दा बढी सदस्यलाई अध्यक्ष ओलीको हस्ताक्षरसहित चिठी पठायो

नेकपा एमालेले पार्टीका ६ लाख ६७ हजारभन्दा बढी संगठित सदस्यलाई एउटै सामग्रीको चिठी पठाएको छ। यस चिठीमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको छ।

एमालेका अनुसार, चिठी पहिले संगठित सदस्य भएका र हाल नवीकरण नगरेका सदस्यहरूलाई समेत पठाइएको छ। केही सदस्यहरूले आफूलाई चिठी आएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्।

चिठीमा अध्यक्ष ओलीले आगामी निर्वाचनसम्बन्धी आफ्नो दृष्टिकोण व्यक्त गरेका छन्। उनले फागुन २१ को निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने हार–जितको फैसला गर्ने कुरा उल्लेख गरेका छन्। साथै, देशको निर्माणका लागि एमालेलाई बहुमतको आवश्यक रहेको पनि चिठीमा उल्लेख गरिएको छ।

एमालेका अनुसार, यसअघि पनि अध्यक्ष ओलीको हस्ताक्षरसहित यस्तै चिठी केन्द्रीय सदस्यहरूलाई पठाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स