नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले जारी विज्ञप्तिमा भनिएको छ कि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहितको नाराबाजी र महासचिव शङ्कर पोखरेलको गृहनगरमा रास्वपाका कार्यकर्ताले गरेको यो कार्य राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य हो।एमालेले यस घटनामा संलग्न व्यक्तिहरूको कानुनी कारबाहीको माग समेत गरेको छ।
















प्रतिकृया