म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर शनिबार बिहान दुईपटक भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, पहिलो भूकम्प बिहान ३:१४ बजे म्याग्दीको मुरी केन्द्रबिन्दु भएर गएको थियो, जसको तीव्रता ४ म्याग्नेच्युड मापन गरिएको छ।
त्यसैगरी, बिहान ६:२० बजे बागलुङको खुखानी केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।
















प्रतिकृया