त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बन्द अवधिमा परिवर्तन गरिएको छ। अब दैनिक ८ घण्टा मात्र बन्द हुने हुनेछ, जबकि गत कात्तिक २३ देखि विमानस्थल १० घण्टा बन्द हुँदै आएको थियो।
निर्माण कार्यको गति बढेपछि नागरिक उड्डयन प्राधिकरणले बन्द अवधि घटाउने निर्णय गरेको हो।
यसका साथै, वायुसेवा कम्पनीहरूले १० घण्टा बन्द अवधिको समयमा चर्को भाडा वृद्धि गरेका थिए, तर अब उडान अवधि बढेपछि भाडा घटाउनुपर्ने नैतिक दबाव उत्पन्न भएको छ।
विमानस्थल अब बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुनेछ।















प्रतिकृया