कालिन्चोक हाइड्रोपावर आईपीओ भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १७ गते
कालिन्चोक हाइड्रोपावर आईपीओ भर्ने आज अन्तिम दिन

कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन फागुन १७ गते रहेको छ। कम्पनीले फागुन १३ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि आजसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री हुनेछन्।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। यस आईपीओको निष्काशन र बिक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सम्हालेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डको अनुमति लिएर, सीआस्बा सेवा सहभागी बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स