दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १९ गते
दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन आज साउन १९ गते अन्तिम दिन हो। कम्पनीले साउन १५ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन खुला गरेको हो।

कुल २४ लाख २३ हजार १८५ कित्ता साधारण सेयर निष्काशन गरिएको यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यस निष्काशनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टै चरणमा सेयर निष्काशन गरिसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स