सान्भि इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
सान्भि इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिरहेको छ। यस चरणमा आवेदन दिन आज (वैशाख २० गते) बैंकिङ्ग समयसम्म मात्र सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस आईपीओअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्दैछ। यसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयहरूका लागि छुट्याइएको छ भने २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।
आयोजना प्रभावित स्थानीयतर्फका सेयरमा ईलाम नगरपालिका वडा नं. १०, माईजोगमाई गाउँपालिका वडा नं. १, ३ र ४, तथा सूर्योदय नगरपालिका वडा नं. १० र ११ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म सेयरको लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले लिएको छ।
कम्पनीका अनुसार पहिलो चरणको बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि २६ लाख १९ हजार कित्ता सेयर सार्वजनिक गरिनेछ।