instainsta

आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, कति पाइन्छ ब्याजदर ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, कति पाइन्छ ब्याजदर ?
AdvertisementAds

आईसीएफसी फाइनान्स लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज, फागुन १४ गते हो। कम्पनीले फागुन ११ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको थियो।

कम्पनीले प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्यमा कुल ५ लाख कित्ता, अर्थात् ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ। यसमध्ये ३ लाख कित्ता व्यक्तिगत लगानीकर्तालाई बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको २ लाख कित्तामध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि रिजर्भ गरिएको छ।

आवेदन गर्दा न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने छ। ऋणपत्र निष्काशन तथा बिक्रीको व्यवस्थापन कुमारी क्यापिटलले गर्नेछ।

नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो। वार्षिक ८% ब्याजदरमा जारी यो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स