संसदको सार्वजनिक लेखा समितिमा नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित पाँच वटा उजुरीको समितिले छानबिन प्रक्रिया अघि बढाएको छ।
लेखा समितिले ४८ वटा उजुरीहरूको छानबिन गर्न उपसमितिहरू गठन गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा यो निर्णय गरिएको हो। समितिले प्राप्त १०० उजुरीहरू मध्ये ४८ वटा छानबिनका लागि उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो। उपसमितिहरू गठन गर्नका लागि सात वटा विषयगत कार्यदल बनाउने निर्णय गरिएको छ।
सार्वजनिक लेखा समितिले ४८ वटा उजुरीको छानबिन गर्नका लागि ७ वटा कार्यदल गठन गरेको छ। समितिको शुक्रबारको बैठकमा १५ दिनभित्र सबै उजुरीको निष्कर्षमा पुर्याउने निर्णय गरिएको छ।
नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित उजुरीमध्ये एक बीमा कम्पनीलाई प्रिमियममा साधारण सेयर जारी गर्ने विषयमा परेको छ। केशव कोइरालासहित २१ जनाले बीमा ऐन, २०७९ को दफा ४५ (५) को प्रतिबन्धात्मक व्यवस्थालाई उल्लंघन गर्दै अख्तियारको दुरुपयोग गरेर बीमा कम्पनीलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टचार गरेको भन्दै छानबिन र कारबाहीको माग गरेका छन्।
यस्तै, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर निष्काशन गर्दा कानुनी प्रक्रिया उल्लंघन भएको भन्दै घनश्याम पाण्डेले उजुरी दर्ता गराएका छन्। उनले यस सम्बन्धित सबै फाइल झिकाएर अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।
अन्नपूर्ण केवलकार लिमिटेडको प्राथमिक सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले आवश्यक सिफारिस गर्नुपर्ने माग पनि समितिमा पुगेको छ। कम्पनीका अध्यक्ष कालु गुरुङले बोर्डले अनुमति दिन सहयोग पुर्याउनुपर्ने भन्दै उजुरी दिएका छन्।
त्यसैगरी, सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ विधिबाट निष्काशन गरिएको आईपीओ कानुनी रूपमा रोक्का गर्नुपर्ने र नेपाल सरकारले दिएको कर छुट रकम फिर्ता गरिनुपर्ने माग पनि उठाइएको छ।
यसैगरी, विनोद सुवेदीले उत्पादनमूलक कम्पनीहरूको हकमा नेटवर्थलाई मात्र आधार नमान्नुपर्ने भन्दै व्यवसायको भविष्य र प्रकृतिलाई ध्यानमा राखेर आईपीओ निष्काशन अनुमति दिनुपर्ने माग गरेका छन्।












![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)


![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया