आईतबार कारोबार समयमा ट्रेड म्यानेजमेन्ट सिस्टम ( टिएमएसमा) समस्या देखिएपछि लगानीकर्ताहरुले सेयर खरिद बिक्री गर्न सकेका छैनन्। महत्त्वपूर्ण समयमा सेयर खरिद बिक्री गर्न नपाएको भन्दै लगानीकर्ताहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्।
सुरुवातमा घटेर २७०७ को निन्दुसम्मा पुगेको नेप्से परिसूचक बढेर २७४० को आसपासमा पुगेपछि ब्रोकरको टिएमएसमा समस्या देखिएको हो। ब्रोकरको टिएमएसमा अहिले पनि डिएनए लग्ड अफ देखाईरहेको छ जसले गर्दा सेयर खरिद बिक्रि गर्न मिलिरहेको छैन।
भएको के हो ?
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार, ब्रोकरहरूले नेप्सेको सिस्टमसँग कनेक्ट हुन नसकेका कारण समस्या देखिएको हो। ब्रोकर र नेप्सेको सिस्टमबीच डाटा एक्सेस गर्न प्रयोग हुने Direct Network Access (DNA) अवरुद्ध हुँदा अधिकांश ब्रोकरको प्रणालीमा समस्या देखिएको छ। पराजुलीका अनुसार, समस्याग्रस्त प्रणालीहरू वाईको द्वारा व्यवस्थापन गरिएका हुन्।










![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)





![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया