नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अर्थतन्त्र केही हदसम्म चलायमान हुँदै गएको संकेत देखिएको बताएका छन्। राजस्व चुहावट नियन्त्रण तथा भिसीटिसीको प्रयोगसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशामा अघि बढ्दै गएको बताए।
ढकालका अनुसार गत वर्षको तुलनामा आयात ७.१ प्रतिशत, निर्यात ३१.८ प्रतिशत, निक्षेप संकलन ३.७ प्रतिशत, निजी क्षेत्रलाई प्रवाह गरिएको कर्जा ५.२ प्रतिशत, राजस्व संकलन १२.७ प्रतिशत तथा खर्च १७.८ प्रतिशतले वृद्धि भएको छ। यी तथ्यांकहरूले बजारमा सुधारको संकेत देखाएको उनले उल्लेख गरे। उनले बजार अझै उत्कृष्ट नभए पनि सुधारको बाटो स्पष्ट देखिएको बताए।
उनले आगामी दिनमा सरकारका सबै निकायहरूले आर्थिक गतिविधिलाई अझ सक्रिय बनाउन पहल गर्नुपर्नेमा जोड दिए। उनले राजस्व अनुसन्धान विभागको भूमिका सन्तुलित र समन्वयकारी हुनुपर्ने धारणा राख्दै, उद्योग वाणिज्य महासंघले सरकारलाई निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे। साथै, निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गर्दै अघि नबढाए आर्थिक सुधार प्रभावकारी नहुने उनले चेतावनी समेत दिएका छन्।








![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)





![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया