नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को संशोधनलाई स्वीकृति प्रदान गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विनियमावलीको दफा ११ संशोधन गरी बोर्डमा पठाएको थियो, जसलाई बोर्डले अनुमोदन गरेर गत साता पुनः नेप्सेलाई फिर्ता पठाएको हो। बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार संशोधन प्रस्ताव अनुमोदन भइसकेको छ, अब यसको कार्यान्वयन नेप्सेले गर्नेछ।
नेप्सेले विनियमावलीको दफा ११ (ग) उपविनियम संशोधन गरी मूल्य गणना विधिमा परिवर्तन गरेको छ। नयाँ प्रणाली अनुसार अब २:४५ देखि ३:०० बजेसम्मको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य (LTP) मानिनेछ। हालसम्म ३ बजे भएको अन्तिम कारोबार मूल्य नै भोलिपल्टको सुरुवाती कारोबार मूल्य मानिन्थ्यो।
यसअघि अन्तिम सेकेन्डमा थोरै कित्ता कारोबार गरेर कृत्रिम रूपमा मूल्य बढाउने प्रवृत्ति देखिएको थियो। केही लगानीकर्ताले अन्तिम समयमा सेयर खरिदको कृत्रिम माग सिर्जना गरी मूल्यमा सर्किट लगाउने काम गर्दै आएका थिए। यस्तो प्रवृत्तिले सेयर बजारमा अस्थिरता ल्याउने भएकाले नेप्सेले नयाँ नियम लागू गर्न खोजेको हो। अब अन्तिम समयमा कुनै कम्पनीको सेयर मूल्य सर्किट लागे पनि त्यस दिनको अन्तिम मूल्य २:४५ देखि ३:०० बजेसम्मको औसत मूल्यकै आधारमा निर्धारण हुनेछ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार संशोधित विनियमावली कहिलेदेखि लागू गर्ने भन्नेबारे नेप्सेको सञ्चालक समितिले निर्णय गर्नेछ। कार्यान्वयन अघि नयाँ प्रणालीको आन्तरिक परीक्षण गरिनेछ, त्यसपछि मात्र सञ्चालक समितिले औपचारिक मिति तोक्नेछ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया