कक्षा १२ को परीक्षा सञ्चालन नगर्ने शिक्षक महासङ्घको निर्णय, विद्यालय बन्द गरेर आन्दोलनमा साथ दिन आग्रह

कक्षा १२ को परीक्षा सञ्चालन नगर्ने शिक्षक महासङ्घको निर्णय, विद्यालय बन्द गरेर आन्दोलनमा साथ दिन आग्रह
Advertisement Ads
नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा, भर्ना अभियानलगायत कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई आह्वान गरेको छ। गत चैत २० गतेदेखि आन्दोलनरत संघले वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षकजस्ता जिम्मेवारीमा असहयोग गर्न भनेको छ।

उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा र विद्यार्थी भर्नाजस्ता काममा पनि सहभागी नहुन आग्रह गर्दै शीघ्र शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर सुधार गर्न दबाब दिएको छ। महासंघले निजी विद्यालयहरूको संघ प्याब्सन र एनप्याब्सनलाई पनि समर्थनका लागि आन्दोलनमा सहभागी हुन बोलाएको छ। अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा काठमाडौं केन्द्रित आन्दोलनलाई सफल बनाउन सबै शिक्षक समुदायलाई साथ दिन अपील गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स