कक्षा १२ को परीक्षा सञ्चालन नगर्ने शिक्षक महासङ्घको निर्णय, विद्यालय बन्द गरेर आन्दोलनमा साथ दिन आग्रह
नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा, भर्ना अभियानलगायत कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई आह्वान गरेको छ। गत चैत २० गतेदेखि आन्दोलनरत संघले वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षकजस्ता जिम्मेवारीमा असहयोग गर्न भनेको छ।