राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले आफ्नो दलले जनताबाट बलियो वैधता प्राप्त गरेको बताएका छन्।
नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले रास्वपाले पाएको जनादेशलाई ऐतिहासिक जिम्मेवारीका रूपमा व्याख्या गरे।
उनका अनुसार पार्टीले प्राप्त गरेको मत २०१५ सालमा कांग्रेसले हासिल गरेको दुईतिहाइ मतभन्दा पनि दुई कदम पर रहेको छ। करिब ४८ प्रतिशत मत प्राप्त भएको उल्लेख गर्दै उनले वाचापत्रको मूल भावना अनुसार कार्यक्षमता देखाउनुपर्ने आवश्यकता औंल्याए।
वाग्लेले २०४८, २०६४ र २०७४ पछिको तुलनामा अहिलेको जिम्मेवारी अझ ठूलो भएको बताए। यस्तो जिम्मेवारीले एक क्षण पनि समय खेर नफाली काम गर्नुपर्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ।
‘यो कलेज जस्तै हो, ब्याक टु कलेज हो,’ उनले भने, ‘पदको गरिमालाई त्यही स्तरमा पुर्याउने अहम भूमिका खेल्नुपर्छ।’

















प्रतिकृया