रिलायन्सको आईपीओमा ‘सेटिङ’को आशंका; अर्थमन्त्रालयले सेबोनलाई दियो छानबिन गर्न निर्देशन

रिलायन्सको आईपीओमा ‘सेटिङ’को आशंका; अर्थमन्त्रालयले सेबोनलाई दियो छानबिन गर्न निर्देशन

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ निष्कासन प्रक्रियामा सेटिङ भएको आरोपबारे छानबिन सुरु गर्न अर्थमन्त्रालयले धितोपत्र बोर्ड नेपाल (सेबोन) लाई निर्देशन दिएको छ।

अर्थमन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले पुस १ गते सेबोनलाई पत्र लेख्दै रिलायन्स स्पिनिङ मिल्सको सेयर बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गर्दा भएका काम–कारबाही तथा त्यससँग सम्बन्धित अन्य विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘रिलायन्स स्पिनिंग मिल्सको सेयर बुक बिल्डिंग प्रक्रियाबाट निश्कासन गर्ने सम्बन्धमा भएका काम कारबाही तथा तहाँसँग सम्बन्धित अन्य विषयहरुमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार उपर मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ पत्रमा भनिएको छः ‘संलग्न उजुरी समेतमा उठाइएका विषयहरु सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही गर्नुहुन र सोको जानकारी मन्त्रालयमा पठाउनुहुन मिति २०८२ ०८ २९ को राजश्व सचिवस्तरको निर्णयअनुसार पाना ५(पाँच) यसैसाथ संलग्न राखी अनुरोध छ ।’ अर्थमन्त्रालयको पत्रमा भनिएको छ।

6943b8959f183 https://bajarkochirfar.com/suspicion-of-fixing-in-reliances-ipo-finance-ministry-directs-sebon-to-investigate | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स