अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जन्मिएकी शुभेच्छा मरासिनीले साधारण पारिवारिक पृष्ठभूमिबाट अघि बढ्दै लोकसेवा आयोगका पाँच अलग शाखा अधिकृत पदमा नाम निकालेर सफलता हासिल गरेकी छन्।
गाउँकै सामुदायिक विद्यालयबाट प्रारम्भिक शिक्षा पूरा गरेकी शुभेच्छाले प्लस टु बुटवलमा कम्प्युटर इन्जिनियरिङमा गरेकी थिइन्। उच्च शिक्षा काठमाडौंमा सकाएर, सरकारी सेवामा प्रवेश गर्ने लक्ष्यका साथ उनले लोकसेवा तयारी सुरु गरिन्।
छ महिनासम्म निरन्तर ८–९ घण्टा अध्ययन गरेकी उनले २०७९ साउनदेखि मंसिरसम्म नेपाल राष्ट्र बैंक, सूचना प्रविधि, र राजपत्राङ्कित कम्प्युटर इन्जिनियरिङ शाखालगायत पाँच शाखामा नाम निकालिन्।
शुभेच्छाले आफ्नो सफलता नियमित अध्ययन, लेखन अभ्यास, र आत्मविश्वासको नतिजा भएको बताउँदै, लोकसेवा तयारीमा निरन्तरता र अनुशासनको महत्व जोड दिएकी छन्। अब उनले सरकारी सेवासँगै उच्च तहको तयारी गर्ने र इमानदार राष्ट्र सेवक बन्ने अठोट लिएकी छन्।





















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)
प्रतिकृया