स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडमा आज बाँडफाँड सम्पन्न भएको हो।
कम्पनीले चैत ९ देखि चैत २९ गतेसम्म ताप्लेजुङ र पाँचथर जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गरेको थियो। यस क्रममा कुल ९ लाख ३७ हजार ५ सय कित्ता सेयर स्थानीयका लागि छुट्याइएको थियो।
बाँडफाँड अनुसार अति प्रभावित समूहका स्थानीयले अधिकतम ९७० कित्तासम्म सेयर पाएका छन्। यस समूहमा ९३० कित्तासम्म आवेदन दिएका लगानीकर्ताले मागअनुसारकै सेयर पाएका छन्। त्यस्तै १ हजारदेखि १० हजार कित्तासम्म आवेदन दिनेहरूलाई समान ९६० कित्ता वितरण गरिएको छ। यस समूहका २१० जना लगानीकर्ताले गोलाप्रथामार्फत थप १० कित्ता सेयर पनि प्राप्त गरेका छन्।
यस्तै प्रभावित समूहमा लगानीकर्ताले अधिकतम १८० कित्तासम्म सेयर पाएका छन्। १७० कित्तासम्म आवेदन दिनेले मागअनुसारकै सेयर पाएका छन् भने १८० देखि १० हजार कित्तासम्म आवेदन दिनेहरूलाई समान १७० कित्ता वितरण गरिएको छ। यस समूहमा ११६ जना लगानीकर्ताले गोलाप्रथामार्फत थप १० कित्ता सेयर पाएका छन्।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया