एसजेभीएनले नेपालको अरुण तेस्रोको बिजुली भारतको उत्तर प्रदेशमा बेच्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १९ गते
एसजेभीएनले नेपालको अरुण तेस्रोको बिजुली भारतको उत्तर प्रदेशमा बेच्ने

भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले नेपालको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली भारतको उत्तर प्रदेशमा बिक्री गर्न सम्झौता गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, एसजेभीएनले उत्तर प्रदेश पावर कर्पोरेसन लिमिटेड (UPPCL) सँग विद्युत् आपूर्तिको सम्झौता गरेको हो। तर, सम्झौतासम्बन्धी विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन। प्रेस ट्रस्ट अफ इन्डिया (PTI) का अनुसार कम्पनीले थप जानकारी उपलब्ध गराएको छैन।

संखुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो परियोजनाबाट ९०० मेगावाट विद्युत् उत्पादन हुनेछ। यस आयोजनाको निर्माण कार्य सन् २०२८ भित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।

यसअघि, २०२४ मे २३ मा एसजेभीएनले दामोदर घाटी निगम (DVC) सँग पनि २०० मेगावाट बिजुली आपूर्ति गर्न सम्झौता गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स